एमाले हेटौंडा ५ ले पहिलो चरणको घरदैलो सक्यो

बकैया दर्पण संवाददाता
२० बैशाख २०७९, मंगलवार १५:०५

मकवानपुर । नेकपा एमाले हेटौंडाले आसन्न स्थानीय तहको निर्वाचन प्रचारप्रसार कार्यक्रम अन्तरगत पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकेको छ ।
मेरो वडा म जिताउछु भन्ने अभियानको रूपमा सुरू गरिएको पहिलो चरणको घरदैलो कार्यक्रम आजबाट सकिएको हो । अभियानको क्रममा पाएको समर्थनबाट नतिजासंग एकदम उत्साहि रहेको पार्टी वडा सचिब लामिछानेले बताए ।

लगातार ५ दिन वडाका उम्मेदवार तथा नगरको मेयर उपमेयरका उम्मेदवार समेतको उपस्थितिमा घरदैलो गरिएको पार्टी वडा अध्यक्ष पदम बजगाईंले बताए ।
आफू विगतमा पनि सामाजिक काम, स्थानीय क्षेत्रकै विकास बारे चासो र चिन्तन राख्ने व्यक्ति भएकोले आगामी दिनमा पनि सोहि जिम्मेवारीमा पुर्‍याउन उनले वडावासीसंग अनुरोध गरे ।
आजको घरदैलो कार्यक्रममा वडा सदस्यको उम्मेदवारहरू ज्ञनबहादुर थापा, रामबहादुर राई, रन्जिता सिलवाल, भगवती बि।क, पार्टी सचिवालय सदस्य ईश्वर ढुङ्गाना, सुधिर थापालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*