हेटौँडा–५ का स्वतन्त्र उम्मेदवार महतले पाए चुनाव चिह्न ‘धारा’

बकैया दर्पण संवाददाता
१८ बैशाख २०७९, आईतवार १०:५१

मकवानपुर । हेटौँडा एमालेबाट हेटौँडा –५ को वडा अध्यक्षको लागि टिकट दिने प्रकियामा असन्तुष्टि ब्यक्त गर्दै स्वतन्त्रबाट उम्मेद्वार दिएका बिशालराज महतले चुनाव चिह्न ‘धारा’ पाएका छन् ।
नेकपा मालेबाट गत स्थानीय तहको निर्वाचन २०७४ मा वडा अध्यक्ष पदका उम्मेदवार भएका महत निर्वाचनलगत्तै एमाले प्रबेश गरेर वडा इन्चार्जका रुपमा रहेका थिए । वडा अध्यक्षको लागि उम्मेद्बार छनौट प्रकियामा प्रकिया मिचेको र पद्धति बिपरित भएको भन्दै स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।
हेटौँडा–५ मा बिभिन्न समाजसेवाका गतिबिधिमा संलग्न रहेका उनी जनताले रुचाइएका नेताका रुपमा परिचित रहेका छन् । हेटौँडा–५ मा रहेको राजकुलोको सरसफाई गरीरहेका उनी नो ड्रग अभियानदेखि वडा सरसफाई लगायतका गतिबिधिमा सक्रिय रहेका छन् । उनले कोभिड १९ को समयमा पनि कसैलाई खानाको अभाव नहोस् भनेर फुड बैंक सञ्चालनमा ल्याई सयौँलाई खाद्यान्न सहयोग गर्न सफल भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*