हेटौंडामा ४४ जनाले लिए उम्मेदवारी फिर्ता

बकैया दर्पण संवाददाता
१७ बैशाख २०७९, शनिबार १०:३४

मकवानपुर । हेटौंडा उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
तीनजना मेयर र दुईजना उपमेयरसहित ४४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । मेयरमा जसपाकी दीपा लामा, नेपालका लागि नेपाली अभियानका सुकुन्दप्रसाद आचार्य र स्वतन्त्र उम्मेदवार सुरक्षा रिजालले मेयरबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उपमेयरमा नेकपा समाजवादीकी मखकुमारी तिमल्सिना र जसपाका हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुसँगै वडा अध्यक्ष र सदस्यमा गरी ४४ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*