गढीमा गाउँपालिका अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी

बकैया दर्पण संवाददाता
१३ बैशाख २०७९, मंगलवार ११:२७

स्थानीय तह निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १ सय ४५ जनाले मनोनयन दर्ता गरेका छन् ।
८ वटा वडा कार्यालय रहेको गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा १ सय ४५ जनाले उम्मेदवारी दर्ता रहेको निर्वाचन अधिकृत नारनप्रसास पोखरेलले बताए । गाउँपालिका अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट विदुर हुमागाई, गठबन्धनबाट कांग्रेसका दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजयसिंह ठकुरी, मंगोल नेशनल पार्टीका युवराज लामा, स्वतन्त्रबाट कृष्णप्रसाद कंडेल र युवराज तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्ष पदमा भने तीन जनाको नाम दर्ता भएको छ । एमालेबाट सन्तु थिङ, गठबन्धनबाट माओवादी केन्द्रकी मानकुमारी पाख्रिन (नेपाली) र राप्रपाबाट हिरादेवी हुमागाईले उम्मेदवारी दर्ता गराएका छन् । ८ वटा वडाका लागि विभिन्न दलहरु र स्वतन्त्र गरि ३७ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
महिला सदस्यमा २५ जना, दलित महिलामा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा नम्बर ७ सुकौरामा भने दलित महिला सदस्य निर्विरोध भएको पोखरेलले बताए । निर्विरोध हुनेमा तीर्थकुमारी ल्वागुन रहेकी छिन् । वडा सदस्य खुलामा भने ५६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार दावी विरोध, उम्मेदवारी फिर्ता लगायतको कार्यसँगै १६ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*