हेटौँडामा एमालेका वडा इन्चार्ज नै अध्यक्षका बागी उम्मेदवार

बकैया दर्पण संवाददाता
१३ बैशाख २०७९, मंगलवार ११:२१

मकवानपुर। हेटौँडा उपमहनगरपालिका ५ मा नेकपा एमालेका वडा इन्चार्ज नै बागी उम्मेदवार बनेका छन् ।
उपमहानगरपालिका कमिटी सदस्य समेत रहेका ५ नम्बर वडा इन्चार्ज विशालराज महतले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफुलाई स्वतन्त्र वडाध्यक्षको उम्मेदवारमा मनोनयन दर्ता गराएका छन् ।
सोमवार दिउँसो हेटौँडा २ स्थित हेटौँडा उपमहानगरको निर्वाचन अधिकृतको कार्यालय पुगेर महतले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । बिगतका केही वर्षदेखि जनताको घर दैलोमा पुगेर जनतासँग गरेका वाचालाई पूरा गर्न आफुले उम्मेदवारी दिएको महतले बताए ।
महत २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा मालेको तर्फबाट हेटौंडा–५ मा वडाध्यक्षको उम्मेदवार बनेका महत त्यसपछि नेकपा एमालेमा रहेर सामाजिक काममा क्रियाशील हुँदै आएका थिए । सानोपोखरा क्लब, मन्दिर संरक्षण समितिसहित खोल्सी बचाउ अभियानमा समेत निरन्तर क्रियाशिल तथा सामाजिक व्यक्तित्वको पहिचान बनाएका महतको उम्मेदवारीले एमाले बृतमा खैलाबैला मच्चेको छ । यता एमाले मकवानपुरले हेटौंडाको ५ नम्बर वडामा पूर्व राष्टिय बक्सिङका खेलाडी एवम् पिप्ले यूवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई उम्मेदवार बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*