हेटौंडा उपमहानगरको मेयरमा १७ जनाको उम्मेदवारी

हेटौंडाको उपमेयरमा नौ जनाको मनोनयन
बकैया दर्पण संवाददाता
१३ बैशाख २०७९, मंगलवार १०:१६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
विभिन्न राजनीतिक दलबाट १२ जना र स्वतन्त्र ५ जना गरी १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । निर्वाचन कार्यतालिका अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता भएको हो ।
हेटौंडाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल, सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजवादी)को तर्फबाट मीनाकुमारी लामा, नेपालका लागि नेपाली पार्टीका मुकुन्द प्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेका केशव घर्ती, जनता समाजवादी पार्टी नेपालका दिपा लामा, राप्रपाका दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा नेपाल मजदुर किसान पार्टीका रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीका अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीका रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीका सिर्जना बर्तौला उम्मेदवारी परेको छ ।
स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य र देवराज पौडेलले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।

यसैबिच,हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा नौ जनाले मनोनयन दर्ता गराएका छन् ।
हेटौंडा–२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । आठ जनाले विभिन्न दल र एकजनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उपमेयरमा नेकपा एमालेबाट उपप्रमुख सुमित्रा काफ्ले, सत्तारुढ गठबन्धन (नेपाली कांग्रेस) को तर्फबाट राजेश बानियाँ, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपाल शिवकुमारी पाठक, नेपाल कम्युनिस्ट पार्टी माले अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपाल हरिहर खतिवडा, राप्रपा इन्दिरा न्यौपाने र स्वतन्त्र सुरज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*