हेटौंडा-१२ मा कांग्रेसले गठबन्धनलाई अस्वीकार गर्ने

बकैया दर्पण संवाददाता
१० बैशाख २०७९, शनिबार १५:०१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसले गठबन्धनलाई अस्वीकार गर्ने निर्णय गरेको छ । वडा कमिटिको आज बिहान बसेको बैठकले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन अस्वीकार गर्दै मित्रवत् रूपले प्रतिस्पर्धा गर्ने निर्णय गरेको वडा कमिटी उपसभापति शम्भु तिवारीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको अन्य वडाहरूमा जे जे भए पनि वडा नम्बर १२ मा भने नेपाली कांग्रेसले उम्मेद्वारी दिने निर्णय गरेको हो । यसका लागि सकेसम्म आजै पार्टीका जिल्ला सभापति बुद्ध लामालाई भेट्ने र वडा कमिटीको निर्णय पेश गर्ने तयारी रहेको उप सभापति तिवारीले बताए ।

गत निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी वडाध्यक्ष ललित घलानबाट विगत पाँच वर्षको अवधिमा जुन किसिमको व्यवहार सहनुप¥यो त्यस्तो व्यवहार फेरि पनि स्विकार्य नरहेको बैठकले ठहर गर्दै आफ्नै पार्टीको उम्मेद्वार लिएर प्रतिस्पर्धामा जानका लागेको तिवारीले बताए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ वडा कमिटीका सभापति सुदर्शन लामाको अध्यक्षतामा बैठक बसेको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*