हेटौंडा-५ सितानगर टोलमा एमालेको प्रचारप्रसार कार्यालय

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:५८

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारको काम गर्नेगरी नेकपा एमालेले हेटौंडा ५ सितानगर टोलमा कार्यालय खोलेको छ ।
पार्टी जिल्ला सचिवालय सदस्य इश्वर ढुंगानाको प्रमुख आतिथ्यमा आज बुधबार कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन गर्दै सचिवालय सदस्य ढुङ्गानाले एमालेले ५ नम्नर वडाको लागि कम बोल्ने काम बढि गर्ने नेता चयन गरेको बताउंदै यो नेतृत्वले समाजको आर्थिक सामाजिक विकासमा रोलमोडेलको काम गर्ने बताए ।
“तपाई हामीले हाम्रो टोलको लोकप्रिय सामाजिक व्यक्ति घिमिरेको उम्मेदवारीले समाजमा आशा जगाएको छ” ढुङ्गानाले भने । एमालेको सपना टोल बस्तिको बिकास, समृद्धिको भएको उनले बताए । एमालेले स्थानीय तहमा नै आय आर्जनको बाटो खोज्ने, पर्यटकीय गन्तव्यमा योजनाहरू बनाउने उनले बताए ।
“स्थानीय टोलको बिकास र स्थानीयवासीको समग्र सुरक्षाको लागि यसपटक एमालेको सिङ्गो टिम जिताउनुहोस” उनले भने । सितानगरको सुदुर भबिष्य कस्तो बनाउने भन्ने दुरगामी योजना एमालेले बनेकोले अबको कामको जिम्मेवारी सुशिल घिमिरेको टिमलाई दिन उनले आग्रह गरे । “बिगतदेखि नै एमालेको लालकिल्ला रहेको सितानगरमा अब बिजयको यात्रामा सामेल हुन बाँकी छ” ढुङ्गानाले भने ” आगामी ३० गतेको चुनाव वडाका उम्मेदवार मात्रै नभइ, टोल र समाजको भबिष्यको खाका बनाउने अन्तिम बिन्दु हो” ढुङ्गानाले भने ।
कार्यक्रम नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार सुशिल घिमिरेले सबै लागिपर्दा वडाको समृद्धि ल्याउन कठिन नभएको बताए । “हाम्रो वडा हामी सबै तरिकाले समृद्ध बनाउन सक्छौ” घिमिरेले भने “यसको लागि तपाईंहरूको साथ चाहिन्छ । वडाको विकासको सवालमा प्रतिबद्धता पत्रमा उल्लेख भएका योजनाहरू अनुसार काम गरेर देखाउने घिमिरेले बताए ।
उनले आफूलाई सामाजिक क्षेत्रमा काम गर्ने अभिलाषा पुरा गर्ने मौका दिन सितानगर टोलवासीसंग अनुरोध गरे । एमाले टोल समितिको अध्यक्ष सुरेश पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अध्यक्ष पोखरेलले स्थानीय विकासको लागि स्थानीय टोलवासीलाई एक भएर एमालेको सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा पार्टी वडा अध्यक्ष पदम बजगाईं, सचिब सुरेश लामिछाने, वडाका उम्मेदवारहरू ज्ञानबहादुर थापा, रन्जिता सिलवाल, रामबहादुर राई,भगवती बिकलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*