कांग्रेस मकवानपुरको अनुशासन समिति संयोजकमा दाहाल

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:५३

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अनुशासन समिति गठन गरेको छ ।कांग्रेस मकवानपुरको चैत २० गते बसेको जिल्ला कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजकमा प्रभात दाहाल, रामबाबु बानियाँ र अर्जुन चौलागाईं सदस्य रहेको ३ सदस्यीय अनुशासन समिति गठन गरिएको जिल्ला सचिव भीमसेन महतले जानकारी दिए ।
त्यसैगरी कार्यसम्पादनको बैठकले कांग्रेस जिल्ला समितिको भवनमा विना जानकारी, मागदावी वा विमतीको विषय जिल्ला कार्यसमितिलाई नराखीकन गुण्डागर्दी शैलीमा लगाईएको तालाबन्दीको घोर आपत्तीसमेत जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*