राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:४०

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टी कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउनुभएकाे हाे । घोषणापत्र मार्फत राप्रपाले पार्टीको प्रतिबद्धता र योजनाहरु ल्याउने उहाँले बताउनुभएकाे छ । यसअघि नै नेकपा एकीकृत समाजवादी, जसपा, राप्रपा नेपालले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

तर ठूला पार्टीहरु एमाले, काँग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*