काँग्रेस मकवानपुरमा लगाइएको ताला सभापति लामाले खोले

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १५:२२

गठबन्धनबाट हेटौंडाको मेयर नेपाली काँग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा लगाएको ताला खोलिएको छ ।

नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला करिब २ घण्टापछि पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंको उपस्थिति खोलिएको हो । गठबन्धनबाट हेटौंडाको मेयर काँग्रेसको भागमा पर्नुपर्ने माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दबाब सिर्जना हुने दाबी गर्दै असन्तुष्ट युवा कार्यकर्ताहरुले नाराबाजीसहित तालाबन्दी गरेका थिए ।
ताला खोल्ने क्रममा जिल्ला सभापति लामाले पार्टी कार्यालयले ताला लगाउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । ‘पार्टी कार्यालयमा ताला लगाउने बिषय गम्भीर हो, ताला लगाउनेलाई पार्टीको विधानबमोजिम हदैसम्मको कारबाही हुनेछ ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*