माओवादी थाहानगरको मेयरमा ३ जना उम्मेद्वारी सिफारिस

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १०:३३

मकवानपुर । नेकपा माओवादी केन्द्रले मकवानपुर थाहा नगरपालिकाका सबै वडाहरुसहित मेयरको उम्मेदवारहरुको सिफारिस गरेको छ ।
माओवादी थाहानगरका अनुसार ५ वैशाखमा माओवादी नगर कमिटीको बैठकले निवर्तमान नगर अध्यक्ष अरुण रायमाझी, बागमती प्रदेश सदस्य विष्णु विष्ट र हालका ३ नम्बर वडा अध्यक्ष राजेश केसीको नाम सिफारिस गरेको हो । हालका मेयर लवशेर विष्टले भने पुनः दोहो¥याउने मनसायन नगरेको बताइन्छ ।
उपप्रमुखमा भने ५ वैशाखको बैठकमा कुनै छलफल नभएको जनाइएको छ । सत्ता साझेदार दलहरुबीचको गठबन्धनको टुङ्गोे नलाग्नाले उपप्रमुखमा कुनै छलफल नभएको बताइएको छ ।
यसैगरी, वडा नम्बर १, २, ९, ११ र १२ मा माओवादी थाहानगरले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर १ मा हेरमान गोपाली, २ मा बमबहादुर सिन्तान, ९ मा राजकुमार बलामी, ११ मा दिनेश बल र १२ मा हिरामान लामाको नाम सर्वसम्मत सिफारिस गरेको हो । १, ११ र १२ का उमेदवारहरु २०७४ सालकै स्थानीय तह निर्वाचनका हुन् । वडा नम्बर १ का विजयी उमेद्वार हुन् भने ११ र १२ का २०७४ को पराजित उम्मेदवारी हुन् ।
यसैगरी वडा नम्बर ३ मा हिरेन्द्र रायमाझी, लक्ष्मण विष्ट, राजिव स्याङ्दान, वडा नम्बर ४ मा जमिन दियाली र नारायण बहादुर लामा, ५ नम्बरमा मुकेश गोले र मान सिं दोङ, ६ नम्बरमा दामोदर सुवेदी र इन्द्रबहादुर श्रेष्ठ, ७ नम्बरमा दिपक लामा र बिनायक गोले, ८ नम्बरमा सुमन कार्की र टिकाराम रुम्बा, १० नम्बरमा मङगलाल गोपाली र सुशिला गोपालीको नाम सिफारिस भएको छ । सुवेदी र रुम्बा पनि पुरानै अनुहार हुन् भने अरु सबै नयाँ अनुहार हुन् । सुवेदी ०७४ का पराजित र रुम्बा विजयी उम्मेदवारी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*