३ शिक्षकलाई ५ दिन हिरासतमा राख्न अनुमती

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १४:१३

मकवानपुर । यौन दूव्र्यवहारको आरोप लागेका तीनजना शिक्षकलाई जिल्ला अदालतबाट प्रहरीे अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । मकवानपुर जिल्लाको पूर्वीक्षेत्र बागमती गाउँपालिका–८, फापरबारीस्थित जनता माविका विद्यार्थीमाथि यौन दूव्र्यवहारको आरोप लागेका लोकबहादुर बिक, रुद्रबहादुर बिक र हेमबहादुर बिकलाई आइतबार प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानको लागि म्याद थपेको हो ।
विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दूव्र्यवहार गर्दै आएको भनी अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक प्रहरीको सम्पर्कमा आएका थिए । फरार रहेका लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभएको छ । प्रहरी अनुसन्धानका लागि २४ दिनसम्म हिरासतमा राख्न पाउने कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*