मिटर ब्याजको अबैध धन्दाले हेटौँडामा दर्जनौ पीडित

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार ११:०८

मकवानपुर । मकवानपुरको हेटौँडामा मिटर ब्याजमा पैसा ब्याजमा लगाएर अबैध अशुली गरेको खुलासा भएको छ । आइतबार न्युज क्लब नेपाल हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि पीडितहरुले आफुहरुको मजबुरीको फाईदा उठाउँदै मिटरब्याजमा पैसा लगाउनेले नियोजित रुपमा फसाउन खोजेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित अनोज परियारले हेटौँडाका दिनेश केसि उर्फ दिनेश बाबा नाम गरेका ब्यक्तिले आफुहरुको मजबुरीको फाईदा उठाउँदै आफुहरुलाई पीडा दिएको बताए । केसीले रकम दिनेबेलामा कागज बनाउने तर त्यो कागज ऋण चुक्ता गर्दा समेत नदिएर उल्टै मुद्धा हाल्ने काम गरी आफुहरुलाई पीडा दिएको बताए । केसिले १० लाख रुपैँया ऋण दिँदा २० लाखसम्मको कागज बनाउने र ऋणिहरुलाई ब्यालमेल गर्ने गरेको भन्दै पीडितहरुले आफुहरुको पीडा कुनै पनि सरकारी निकायले वास्ता नगरेको बताए । आफुहरु बाध्य भएर मिडिया समक्ष आएको भन्दै उनले केसीले हेटौँडाका सयौँलाई पीडा दिएको उल्लेख गरे ।

अर्का पीडित ललन शाहले आफुले ऋण चुक्ता गर्दा समेत केसीले अदालतमा मुद्धा हालेर दुख दिएको उल्लेख गरे । कार्यक्रममा बोल्दै हेटौँडा चौकिटोलकी एकजना पीडितले आफुले २० लाख ऋण लिएर प्रत्येक महिना ब्याज तिरे पनि ३० लाखको कागजात बनाएर आफुहरुलाई तनाव दिएको बताईन् । आफुलाई २० लाख रुपैँया ऋण दिएकोबारे कागज बनाउने ब्यवसायीलाई समेत जानकारी रहेको तर उनले जवरजस्ती ३० लाख रुपैँयाको कागज गरेर दैनिक तनाव दिने काम गर्ने, जग्गा रोक्का फुक्का गर्न नमान्ने काम गरेको बताईन् । आफुहरुसँग ऋण चुक्ता गरेको प्रमाण समेत रहेको उनले बताए । कार्यक्रममा केशव पौडेल लगायत एक दर्जन बढी पीडितहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*