उन्नत लोकतन्त्र पार्टी मकवानपुर जनतासँग तमसुक गर्दै

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार ११:०२

मकवानपुर । आगामी बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रीत गरेर उन्नत लोकतान्त्र पार्टी मकवानपुरले जनतासंग आफ्ना उम्मेदवारहरुलाई तमसुक गराउने प्रक्रिया सुरु गरेको छ । आइतबार हेटौंडाको शितलमहल चोकमा आयोजित एक कार्यक्रमा सो पार्टीको तर्फबाट हेटौडा उपमनपामहागरपालिकाका मेयर पदका उम्मेदवार अयोध्या कुमार भट्टराईले मतदातालाई तमुसुक गरी दिएका हुन् ।

तमसुकमा निर्वाचनमा प्रतिवद्धता जनाए अनुसारको काम विजयी भएपछि नगरेमा फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको छ । आफूले गरेका प्रतिबद्धता पूरा नगरे जनताले आफुलाई दिएको भोट फिर्ता लिएर पदबाट रिकल (फिर्ता बोलाउन) मञ्जुरी रहेको तमसुक मतदातालाई गरिदिएको सो पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपालले जानकारी दिए ।

सो पार्टीले मतदातालाई प्रभावित गर्न एक रुपैयाँ पनि खर्च नगर्ने तमसुकमा उल्लेख गरेको छ । तमसुकमा बत्ति, पानी, स्वास्थ्य शिक्षा र भुमिहीनलाई निःशुल्क आवास उपलब्ध गराउनेसमेत उल्लेख छ । कार्यक्रममा केन्द्रीय अध्यक्ष नेपालले आफुले जतततै सकारात्मक प्रतिकृया पाएकाले आफ्ना पार्टीका उम्मेदवारहरुले राम्रो मत पाउनेमा आशावादी रहेको प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*