सिन्धुलीमा एक बालककाे मृत्युकाे विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध

बकैया दर्पण संवाददाता
४ बैशाख २०७९, आईतवार १०:३१

सिन्धुलीको कमलामाई–४ ढुंगेवासमा एक बालकको डुबेर मृत्यु भएको विषयलाई लिएर स्थानीय बासिन्दाले वीपी राजमार्ग अन्तर्गत सिन्धुली खण्ड बन्द गराएका छन् ।

दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयको अवरोधका कारण सयौं सवारी साधन कमलामाई क्षेत्रमा रोकिएका छन् । पीडित पक्षसँग छलफल गरी राजमार्ग खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय ग्वाङखोलदामा पक्की पुल निर्माणका लागि खनेर छाडिएको खाल्डोको पानीमा डुबेर फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय श्रृयास भुजेलको हिजो (शनिबार) मृत्यु भएको थियो । स्थानीयले खाल्डो खनेर छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गरेका छन् ।

माग पूरा नभएसम्म शव पनि नबुझ्ने र सडक पनि नखोल्ने अडानमा उनीहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*