भारतीय दूतावासमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको भोज

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०८:२८

मकवानपुर । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालाई बिदाइ गर्न प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्री दूतावासमै लर्को लागेर पुगेका छन्।
मंगलबार साँझ सत्ता गठबन्धनको बैठक सकिए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बिदाइका लागि दूतावास प्रांगणमै पुगे।
उनीहरुले त्यहाँ क्वात्राले आयोजना गरेको भोजमा पनि सरिक भए। उनीहरुसँगै संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवास नेम्बाङ, मन्त्रीहरु प्रेम आले, पम्फा भुसाललगायत दूतावास पुगेका थिए। यसरी मर्यादाको ख्याल नगरी लर्को लागेर दूतावासमा पुग्नु लज्जास्पद भन्दै उनीहरुको चर्को आलोचना भइरहेको छ ।
क्वात्रालाई भारत सरकारले विदेश सचिव बनाएपछि स्वदेश फर्किन लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*