स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

बकैया दर्पण संवाददाता
३० चैत्र २०७८, बुधबार ०७:५०

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।
राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उहाँले सेना परिचालनको लागि स्वीकृति दिनुभएको हो ।
‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्न सकिने उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*