कांग्रेस सभापति देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार

बकैया दर्पण संवाददाता
२७ चैत्र २०७८, आईतवार १३:५०

मकवानपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गाउँपालिकामै गठबन्धन अस्वीकार गरिएको छ ।
नेपाली कांग्रेस गन्यापधुरा गाउँपालिका (डडेलधुरा) को कार्य समितिले चुनावी तालमेल अस्वीकार गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री देउवाको मतदाता नामावली समेत रहेको गन्यापधुरा गाउँपालिकामा कांग्रेस स्थानिय समितिले तालमेल अस्वीकार गरेको हो ।
गन्यापधुरा गाउँपालिका–२ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो।
तालमेलबिना जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराका सभापति इन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिसकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*