जनकपुरमा आजदेखि एमाले मधेस प्रदेशको अधिवेशन सुरु हुँदै

बकैया दर्पण संवाददाता
२४ आश्विन २०८०, बुधबार १०:३०

मकवानपुर । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन बुधबारदेखि जनकपुरमा सुरु हुँदैछ ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ ।

एमालेले आफ्नो प्रथम मधेस अधिवेशन सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार भन्ने मुलनाराका साथ गर्दैछ ।

पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट रहेको भएपनि सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्ने सचिव भट्टराईको भनाई छ ।

अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*