आज बागमती प्रदेश सभा बैठक बस्ने

बकैया दर्पण संवाददाता
२१ आश्विन २०८०, आईतवार १०:२१

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आइतबार अपराह्न ३ः०० बजे बस्दैछ। बैठकमा छलफलका दुई विधेयक लागि पेश हुने बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

बागमती प्रदेश सभामा चिट्ठा विधेयकले विवाद सिर्जना गरेको छ। सरकारले प्रस्तुत गरेको सो विधेयकलाई बैठकमा प्रतिपक्षी सदस्यले विरोध जनाउँदै आएका छन्। यही विधेयकका कारण असोज १७ गतेको बैठक प्रभावित भएको थियो।

सदस्यलाई पूर्वजानकारी नै नदिई सरकारले सिधै बैठकमा विधेयक टेबुल गर्न खोजेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गर्दै आएको छ।

विश्वका हरेक मुलुकमा चिठ्ठा खेलाउँदा चिठ्ठा खोल्ने र लिनेको व्यक्तिगत विवरण जरुरी मानिने भए पनि प्रदेश सरकारले बनाएको विधेयकले चिठ्ठा खोल्ने र लिने व्यक्ति (कानुनी व्यक्ति)को कुनै वैयक्तिक विवरण माग्ने व्यवस्था गरेको छैन। कुनै पनि व्यक्तिले चिठ्ठाका नाममा कालो धनलाई निर्मलीकरण गर्न सक्ने देखिएको भन्दै प्रतिपक्षले विरोध गर्दै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*