एमाले बागमती अधिवेशन आज निर्वाचन

बकैया दर्पण संवाददाता
११ आश्विन २०८०, बिहीबार १०:१५

मकवानपुर । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।

प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ । प्रदेशको नेतृत्वका आकांक्षीहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष पदको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा रामेछापका कैलाशप्रसाद ढुङ्गेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका सानुकुमार श्रेष्ठ, रामेछापका केशरबहादुर बुढाथोकी र नुवाकोटका केशव पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ । सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै उपसचिव दुई पदका लागि १२ जनाको उम्मेदवारी परेको छ।

कुल ५ जना पदाधिकारीको लागि २६ जनाको उम्मेदवारी परेको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २ सय ४० सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*