एमाले बाग्मती प्रदेश अधिवेशन : आज चुनावी प्रकृया र भोलि मतदान हुने

बकैया दर्पण संवाददाता
१० आश्विन २०८०, बुधबार १०:३०

मकवानपुर । नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनको चुनावी प्रकृया आजदेखि शुरु हुँदैछ । बाग्मती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि चुनाव हुने भएको हो । बाग्मती प्रदेश अध्यक्षका लागि केशव पाण्डे, कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, रचना खड्का, कृष्णभक्त पोखरेललगायतले दाबी गरेका छन् ।

चुनावी कार्यक्रम आज बिहान ८ बजेदेखि च्यासलमा शुरु हुँदैछ । बिहान ९ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि ११ बजे उम्मेदवारी मनोनयन, ४ बजे उम्मेदवारी फिर्ता, बेलुका ५ बजे अन्तिम उम्मेदवारी प्रकाशन हुने छ । त्यस्तै, बेलुका ६ बजे उम्मेदवारको नाम विद्युतीय मेशिनमा राखिनेछ । मतदान भोली हुनेछ ।

प्रतिनिधिले विद्युतीय मेसिनबाट मतदान गर्ने छन् । जसमा एक पटकमा ४४ जनाले मतदान गर्नसक्ने एमालेले जनाएको छ । यस्तै एक जनालाई मतदान गर्न झण्डै २० देखि २५ मिनेट लाग्नेछ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित दुई सय ४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको काठमाण्डौको भृकुटीमण्डपमा अस्ति पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*