एमाले बागमती प्रदेश अधिवेशन सुरु, सहमतिमा नेतृत्व चयनको अपेक्षा

बकैया दर्पण संवाददाता
९ आश्विन २०८०, मंगलवार १०:२९

मकवानपुर । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ जवजको मागदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधी भेला हुँदा अधिवेशन स्थलको माहोल भिन्दै थियो ।

नेकपा एमालेको प्रथम बागमती प्रदेश अधिवेशन राजधानीको भृकुटीमण्डपमा सोमबारबाट सुरु भएको हो । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । एमाले अध्यक्ष केपी ओलीले नयाँ प्रविधि अन्तर्गत रिमोटमार्फत ड्रोन उडाएर अधिवेशनको उद्घाटन गर्दा सबै चकित भएका थिए । निकै नै आकर्षक रुपमा गरिएको उद्घाटन समारोहमा एमालेका उच्च पदस्थ व्यक्तित्वहरु, बाग्मती प्रदेशका १३ वटै जिल्लाका एमाले प्रतिनिधी र कार्यकर्ताको घुइँचो लागेको थियो । उनीहरुको एउटै अपेक्षा छ सहमतीमा नेतृत्व चयन होस ।

उद्घाटन समारोहमा देशको संस्कृति झल्कने नाचगान लगायत कलाकौशल पनि प्रस्तुत गरिएको थियो । टन्टालपुर घामको पराबाह नगरी उद्घाटन सत्रमा सहभागीहरुले पार्टी अध्यक्ष ओलीको मन्तव्य रुचीपूर्वक सुनेको पाइयो । अध्यक्ष ओलीले काठमाडौं महानगरपालिकाले कुनै विकल्प नदिई फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भनिरहँदा अधिवेशनमा सहभागीहरुले समर्थन जनाएका थिए । त्यतिमात्र होइन अध्यक्ष ओलीले राष्ट्रिय परिचय पत्र बनाउँदाको नियमबारे पनि सरकारको खुलेर आलोचना गर्नुभयो ।

मुलुकमा संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक हुन लागेको एमाले बागमती प्रदेशको अधिवेशनले सक्षम नेतृत्व चयन गर्नेमा कार्यकर्ता तथा शुभेच्छुक आशावादी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*