आज जनकपुर जाँदै राष्ट्रपति रामचन्द्र पौडेल

बकैया दर्पण संवाददाता
८ आश्विन २०८०, सोमबार ११:०६

मकवानपुर । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि सोमबार जनकपुरधाम जाँदै हुनुहुन्छ ।

राष्ट्रपति पौडेल नेपाली सेनाको बिमानबाट सोमबार बिहान ९ बजे जनकपुर जान लाग्नुभएको हो । राष्ट्रपति पौडेलले जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको छ ।

जानकी मन्दिरमा पूजाअर्चना पश्चात प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ । साथै उहाँले सोमबार दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुदघाटन गर्ने कार्यक्रम रहेको छ ।

समुदघाटन कार्यक्रम पश्चात सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने छ । राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न काठमाडौँ फर्कनु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*