नगरस्तरीय चित्रकला प्रतियोगितामा गौतम प्रथम

बकैया दर्पण संवाददाता
१० भाद्र २०८०, आईतवार ११:२५

मकवानपुर । बालबालिकाहरुको नगरस्तरीय चित्रकला प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ की बालिका बिपिका गौतम प्रथम भएकी छन् ।

शनिबार नगरस्तरीय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको चित्रकला प्रतियोगितामा गौतम प्रथम भएकी हुन् ।

उनले १८ जनालाई उछिन्दै प्रथम स्थान हाँसिल गरेकी हुन् । प्रथम भएसँगै उनले नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेकी छन् ।

त्यस्तै, प्रतियोगितामा हेटौंडा–२ का बालिका स्वस्ती शाक्य दोश्रो र हेटौंडा–१३ का बालक समीर गोले तृतीय भए । उनीहरुले क्रमशः नगद १ हजार पाँच सय रुपैयाँ र नगद १ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी, प्रतियोगितामा हेटौंडा–६ का बालक सुरज श्रेष्ठ सान्त्वना भई नगद पाँच सय रुपैयाँ प्राप्त गरे ।

बाल अधिकार विषयमा भएको नगरस्तरीय चित्रकला प्रतियोगितामा चित्रकार सुर्य सन्यासीले मुख्य निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

प्रतियोगिता नगरस्तरीय बाल समूह संजाल, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष सौरज देवकोटाको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका महिला तथा बाल विकास महाशाखाका निर्देशक विष्णुकुमारी लामिछाने, बालमैत्री नगर सम्पर्क व्यक्ति बिना ठिके, हेटौंडा–१२ का बालमैत्री सम्पर्क व्यक्ति गिता परियार, बालमैत्री नगर सहजकर्ता सपना ढुंगाना, लगायत वडाका बालमैत्री वडा सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*