अब श्रमिक रित्तो हात घर फर्कनुपर्दैन, सुरक्षा ‘ब्रेक थ्रु’ हुन्छः प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १५:११

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रका श्रमिकको सुरक्षामा अब ‘ब्रेक थ्रु’ हुने बताएका छन् ।

कृषि, निर्माण, यातायात तथा घरेलु श्रमिकले हात पाखुरा चल्दासम्म श्रम गर्ने र शारीरिक अशक्तता भएको खण्डमा आँसु चुहाउँदै रित्तो हात घर फर्किनुपर्ने नियतीको अन्त्य हुने बताएका हुन् ।

बुधबार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

“सामाजिक सुरक्षालाई दिगो र व्यवस्थित बनाउन ‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४’ को प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ,” उनले भने, “कोषमा आवद्ध हुने रोजगारदाता र श्रमिकहरु योगदानमा आधारित सामाजिक सुरक्षाका योजनाका लाभहरुबाट बञ्चित नहोउन् भन्ने कुरा सुनिश्चित गर्न ऐनको कार्यान्वयनका लागि नियमनकारी निकायहरूलाई परिचालन गरी थप व्यवस्थित गर्नेतर्फ सरकारको विशेष ध्यान रहेको छ ।” (बाह्रखरी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*