गयानन्द मण्डल बने कोशी प्रदेशका कृषि राज्यमन्त्री

बकैया दर्पण संवाददाता
३१ श्रावण २०८०, बुधबार १२:२९

मकवानपुर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गर्नुभएको छ ।

कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

उहाँले बुधबार नै शपथ लिएर कार्यभार सम्हाल्नु भएको छ । मण्डल राज्यमन्त्री बनेसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसक्नु भएको छ ।

जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) बाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*