कांग्रेस मकवानपुरको आन्तरिक विशेष अभियानको समापन

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १५:०४

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ ।

जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्यरमकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवं बागमती प्रदेश सदस्यरमकवानपुर प्रतिनिधि कैलाश कोइरालाको विशेष आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुरको वडा, पालिका, प्रदेश तथा संघीय तहमा यही साउन २० गतेदेखि २९ गतेसम्म खटिएका जिल्ला तथा प्रदेशबाट खटिएका प्रतिनिधिहरुबाट पार्टीको अहिलेको अवस्था र पार्टी सुदृढिकरणको लागि भावी दिनमा गर्नुपर्ने क्रियाकलाप र सुझाव समेटी बनाईएको प्रतिबेदन जिल्ला कमिटि, बागमती प्रदेश प्रतिनिधि र केन्द्रीय प्रतिनिधिलाई बुझाएका थिए ।

केन्द्रीय प्रतिनिधि र बागमती प्रदेश प्रतिनिधिले वडा, गाउँपालिका, क्षेत्रीय र संघीय तहको आन्तरिक विशेष अभियानबाट आएको सुझावसहितको प्रतिवेदन लिएर आफ्नो रायसुझाव र आफूले बुझेको संगठनको अवस्थाबारे प्रतिबेदन तयार पारी केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयमा प्रतिवेदन बुझाउने छन् ।

आन्तरिक विशेष अभियानअन्र्तगत मंगलबार नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो । रक्तदानमा २८ जनाले रक्तदान गरेको तरुण दल मकवानपुर जिल्ला अध्यक्ष लिलाराज सापकोटा सन्तोसले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशबाट खटिएका प्रदेश क्षेत्रीय प्रतिनिधिहरु देवकी गौतम, कृष्णकुमार श्रेष्ठ सिन्धुली, विवशकुमार वाइबा कृष्णकुमार श्रेष्ठ चितवन, पूर्व सभापति रघुरमण न्यौपाने, उपसभापति आनन्द कठायत, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, जिल्ला सदस्यहरु, संघीयरप्रदेश सभापतिहरु, जिल्लाबाट वडामा खटिएका प्रतिनिधिहरु, गाउँपालिकारवडा सभापतिलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*