सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न बागमती प्रदेश सरकारको निर्देशन

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १०:३०

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेश मातहतमा रहेका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको छ ।

गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार एक सूचना जारी गर्दै प्रदेशका १३ वटा प्रादेशिक अस्पतालहरुमा शय्याहरु निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको मन्त्री उत्तम जोशिले जानकारी दिए ।

निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने भएको छ । मन्त्री जोशीले अस्पतालमा विरामी भर्ना बाहेकका अन्य शुल्क भने सरकारले तोके अनुसारकै शुल्क लाग्ने छ ।

मन्त्रालयले सो सेवा आगामी भदौ १ गतेबाट लागू हुने गरी प्रदेशका १३ वटै जिल्लामा रहेको प्रादेशिक अस्पतालमा क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण सेवन निःशुल्क हुने बताए ।

यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन गरिएको छ ।

मन्त्रालयले प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई पनि सामाजिक सेवा ईकाई स्थापना गरी विपन्न, असाहय विरामीहरुको उपचारको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*