पार्टीको जिम्मेवारीबाट केशव स्थापितले लिए बिदा

बकैया दर्पण संवाददाता
३० श्रावण २०८०, मंगलवार १०:२८

मकवानपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिनुभएको छ ।

सोमबार बसेको सचिवालय बैठकले उहाँलाई केन्द्रीय सदस्यबाट बिदा दिने निर्णय गरेको हो । स्थापित २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार हुनुहुन्थ्यो ।

स्थापितसँगै अन्य दुई केन्द्रीय सदस्यलाई सचिवालय बैठकले बिदा गर्ने निर्णय गरेको बताइएको हो ।उहाँहरूले पार्टी कार्यकारी भूमिकाबाट बिदा लिन चाहेकाले राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

सोमबार बसेको एमाले सचिवालयको बैठकले संगठन विभागको सचिवमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई मनोनीत गरेको छ भने अर्थ तथा योजना विभागको सचिवमा क्रान्ति बुर्लाकोटी मनोनीत हुनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*