मकवानपुरको भीमफेदीमा पुरुषको शव फेला

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ माण्डुमा आज बिहान एक जना पुरुषको फेला परेको छ ।
उक्त शव हाल नाम, थर, बखत नखुलेको अन्दाजी ३५ वर्षीय पुरुगाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
ती पुरुषको शव बागमती खोलाले बगाएर ल्याएको अवस्थामा माण्डु हाईडोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने ठाउँमा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
हाल घटनास्थलमा प्रहरी चौकी सिस्नेरी र इलाका प्रहरी कार्यालय भीमफेदीको टोली रहेको छ । शवको मुचुल्का उठाउने कार्य भइरहेको र मुचुल्का उठाइसकेपछि हेटौंडातर्फ ल्याइने प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । उक्त स्थानमा एक हप्ता अगाडि पनि अन्दाजी १६ वर्षीया किशोरीको शव फेला परेको थियो ।