आफ्नो पार्टी पार्टीजस्तो नभएको प्रधानमन्त्री दाहालको दाबी

बकैया दर्पण संवाददाता
१७ श्रावण २०८०, बुधबार १५:४६

मकवानपुर । प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताउनुभएको छ ।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय समितिको चौथो बैठक शुभारम्भ गर्दै उहाँले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गर्नुभएको हो ।

अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रिय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने समेत बताउनुभयो । नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रिय समितिका नेताहरुले गम्भिरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने समेत बताउनुभयो । पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरु, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरुबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो ।

अध्यक्ष दाहालले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षा समेत आफूले गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*