मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, २ मन्त्रीले लिए शपथ

बकैया दर्पण संवाददाता
१६ श्रावण २०८०, मंगलवार १०:३७

मकवानपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेशका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीले सोमवार पाँचौँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रीमा नेपाली कांग्रेसका मोहमद समिम र श्रम तथा यातायात मन्त्रीमा जनमत पार्टीका चन्दन सिंह नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

योसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । जसपाबाट विनाविभागीय मन्त्री सुरिता साह यथावत् हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*