सबै जिल्लामा कांग्रेसले केन्द्रीय सदस्य खटाउने

बकैया दर्पण संवाददाता
१२ श्रावण २०८०, शुक्रबार १५:५०

मकवानपुर । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ । केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ ।

पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ । सांगठनिक सुदृढीकरणका लागि यही साउन २० गतेदेखि ३० गतेसम्मको समय तोकिएको छ । सो अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।

पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् ।

यस्तै, दोस्रो चरणको अभियान भदौ १० देखि २४ गतेका लागि तोकिएको छ । नागरिकसँग जोडिएर केन्द्रीय सदस्यहरुले गतिविधि गर्नुपर्ने हुन्छ । दोस्रो चरणलाई समुदायमा आधारित ‘राष्ट्रव्यापी अभियान’ भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*