सडक विस्तार : हेटौंडाको मुख्य बजार क्षेत्र राप्तीरोड सडक पेटीको बिरुवा हटाइयो

बकैया दर्पण संवाददाता
४ श्रावण २०८०, बिहीबार १४:४७

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानरपालिकाले मुख्य बजार क्षेत्र राप्तीरोड सडक पेटीको बिरुवा हटाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सडक विस्तारको कामलाई सहयोग गर्ने हेतुले उपमहानगरले आफूले लगाएको रुख बिरुवा र फूलका गमलाहरु हटाएको हो ।

राजमार्ग विस्तार हुने रुख विरुवा, फूलका गमलामा क्षति हुन नदिन हटाउने काम गरिएको उपमहनगरले जनाएको छ ।

सडक विस्तारको लागि सडक डिभिजन कार्यालय हेटौंडाले जारी गरेको ३५ दिने नजिँकिदै गरेको छ । विभागले १० असारमा सूचना जारी गर्दै दायाँ बाँयाको २५र २५ गज खालि गर्न भनेको छ ।

सडक डिभिजनले हेटौंडाको रातोमाटेबाट पूर्व–पश्चिम राजमार्गको सडक दायाँ बायाँ २५ गजमा पर्ने क्षेत्रको नापजाँच पनि सुरु गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*