मन्त्रिपरिषद् बैठकका थप निर्णयहरू यसप्रकार छन्

बकैया दर्पण संवाददाता
३ श्रावण २०८०, बुधबार ११:५०

मकवानपुर । नेपालले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय बुधबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालमा कार्यरत डा. रवि मल्ललाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, उक्त बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललगायतको यही साउन ७ गतेदेखि हुने इटली भ्रमणलाई पनि स्वीकृत गरेको छ ।

प्रधानमन्त्री दाहाल विश्व खाद्य कार्यक्रम सम्बन्धि सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुहुने संचार मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*