श्रीमतीले बन्चरो प्रहार गर्दा बकैयामा श्रीमान घाइते

बकैया दर्पण संवाददाता
१ श्रावण २०८०, सोमबार ११:३५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् ।

आइतबार राति बकैया—३ जलजलेकी ४० वर्षीया सितल थिङले ५६ वर्षीय श्रीमान भरत थिङमाथि बन्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार आफ्नै घरमा सामान्य झगडा हुँदा सितलले श्रीमानको टाउकोमा बन्चरो प्रहार गर्दा भरतको टाउको र ढाडमा चोट लागेको छ ।

भरतको अवस्था मध्यम रहेको र उपचारको लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*