भोलीबाट बकैया गाँउपालिकाले सुर्तीजन्य पदार्थ निषेध गर्ने

बकैया दर्पण संवाददाता
३१ असार २०८०, आईतवार १४:१५

मकवानपुर । मकवानपुरका बकैया गाँउपालिकाले भोली (१ साउन) बाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएको छ ।

बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताए । ‘कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरू स्वाभाविक रूपमा प्रयोग गर्न पाइँदैन । हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले भने ।

बकैया गाउँपालिकाको क्षेत्रभित्र १ साउनबाट ओसारपसार, विक्री–वितरण, तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्ने भनी सूचित गराइसकिएकाले कसैले सूचनाको बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने अध्यक्ष लामिछानेले चेतावनी दिए । उनले पालिकाभित्र सार्वजनिक पद धारण गरेका व्यक्तिले कानुनको उल्लंघन गरे दोब्बर सजाय हुने दाबी पनि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*