एमाले मकवानपुर जनसंगठनहरुको विस्तारित बैठकमा उत्कृष्ट पार्टी बनाउनेमा जोड

बकैया दर्पण संवाददाता
३१ असार २०८०, आईतवार ११:१०

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरसंग सम्वद्ध जनसंगठनहरुको विस्तारित बैठक आज हेटौंडामा भएको छ । एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरको आयोजनामा बैठक गरिएको हो । बैठकमा सहभागिहरुले एमालेलाई देशकै उत्कृष्ट पार्टी बनाउनेमा जोड दिएका छन् ।

बैठकमा एमालेमा सम्बद्ध २२ वटा जनबर्गिय संगठनहरुले अब पार्टी र जनवर्गिय संगनहरु कसरी एक भएर पार्टीलाई उचाइमा पुर्याउने भन्नेमा जोड दिएका थिए । चार वटा समुहमा बिभाजन गरेर लिखीत रुपमा समेत आफ्ना सुझाबहरु कार्यक्रममा प्रस्तुत गरिएको छ ।

अहिले सम्म भएका काम भबिस्यमा पार्टी र आवद्ध जनवर्गिय संगठनहरुले गर्ने कामका बारेमा समेत प्रस्तुती गरिएको थियो । एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरका संयोजक हिदम लामाले गरेको प्रस्तुतीमा केन्द्रीत रेहेर आफ्ना सुझाबहरु जनवर्गिय संगठनहरुले राखेका थिए ।

एमालेका पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यत्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, एमाले नेता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेश सदस्य एका लाल श्रेष्ठ, प्रदेश कमिटीका सदस्य एकराज उप्रेती, भोजराज ढकाल, पद्मा पौडेल, एमाले मकवानपुरका सचिब नविन सिग्देल लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम एमालेको जनसंगठन समन्वय संयन्त्र मकवानपुरका संयोजक हिदम लामाको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*