मकवानपुरको मनहरीका १८ जना प्रध्यानाध्यापकले दिए सामूहिक राजीनामा

बकैया दर्पण संवाददाता
३० असार २०८०, शनिबार ११:०२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाभित्र रहेका प्राथमिक विद्यालयका शिक्षकहरुले सामूहिक राजीनामा दिएका छन् । मनहरी गाउँपालिका भित्रका १८ वटा प्राथमिक बिद्यालयमा प्रधानध्यापकहरुले लिखित रुपमा संयुक्त राजिनामा दिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले पटक पटकको औपचारिक कार्यक्रममा प्रधानध्यापकहरुको सरुवा गर्ने अभिव्यक्ति दिएपछी प्रधानध्यापकहरुले संयुक्त रुपमा राजिनामा दिएका हुन् । गाउँपालिकाले बिद्यालय सुधार गर्नका लागि भन्दा पनि प्रधानध्यापकहरु सरुवा गर्ने उदेस्यका साथ अगाडी बढेकाले संयुक्त रुपमा राजिनामा दिएको एक जना प्रधानध्यापकले बताए ।

गाउँपालिका अध्यक्षले यस विषयमा छलफलका लागि गाउँपालिकामा बैठकका लागि बोलाउनु भएको र पछि आफुलाई पालिका कार्यालयबाट बाहिर निस्की जस्ता अभिब्यक्ति गाउँपालिका अध्यक्षले दिएको नेपाल शिक्षक महासंघ मनहरीका अध्यक्ष नबराज डोटेलले बताउनुभयो । उहाँले आफ्नो बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीबाट राजिनामा दिइसकेको र सरुवा हुनका लागि पनि गाउँपालिकाबाट प्रक्रियामा रहेको बताउनभयो ।

गाउँपालिकाले बिना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको तर, योग्य, सक्षम र क्षमतावान शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्गप्रशस्त गर्नका लागि राजीनामा दिइएको प्रधानध्यापकहरुले बताएका छन् ।

प्राथमिक तहका प्रधानध्यापकहरुको आपसी सहमतमिा सरुवा गर्ने गाउँपालिका शिक्षा समितिले निर्णय गरेको र त्यही अनुसार कार्यान्वयनका क्रममा सरुवा गर्न लागिएको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताउनुभयो ।

गाउँपालिकामा कसैले पनि संयुक्त रुपमा राजिनामा नबुझाएको र आफुलाई पायक पर्ने बिद्यालयमा जान दुइ वटा बिद्यालयको सहमतीमा प्रधानाध्यापकहरुको सरुवा गर्न लागिएको उहाँले बताउनुभयो । गाउँपालिकाको यो निर्णयमा सबै प्रधानध्यापकहरु राजी रहेको र कार्यान्वयन गर्नका लागि प्रधानध्यापकहरुले आफुले जान चाहेको बिद्यालयमा फाइल समेत पेस गर्न थालेको अध्यक्ष कालाखेतीले बताउनुभयो । बिद्यालयको शिक्षामा गुणस्तर सुधार गर्नका लागि यो काम गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले यस अघि पनि बिद्यालय सुधार गर्ने भन्दै बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरुलाई अनावस्यक रुपमा कानून बिपरितका कुरा गरेर टर्चर दिएको र अहिले पनि प्रधानध्यापकहरुको सरुवा गरेर बिद्यालय सुधार गर्ने भनेपछि संयुक्त राजिनामा दिइएको उनीहरुको भनाइ छ ।

‘प्रधानाध्यापकहरुले दिएको सामूहिक राजीनामा साउन १ गतेबाट लागू हुने गरी दिइएको उल्लेख छ । तर सामूहिक राजीनामा गाउँपालिका अध्यक्षलाई बुझाउन जाँदा गाउँपालिकाले नलिएको र अपमानपूर्वक फर्काइएको महासंघ मनहरीका अध्यक्ष डोटेलले बताउनुभयो । संघीय शिक्षा ऐन, नियमावली तथा गाउँपालिका शिक्षा ऐन तथा नियमावलीहरुमा समेत प्रधानाध्यापक सरुवा गर्ने कुनै प्रावधान नरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*