अविरल वर्षाको कारण पूर्वी तराई डुबानमा

बकैया दर्पण संवाददाता
३० असार २०८०, शनिबार १०:५१

मकवानपुर । अविरल वर्षाको कारण पूर्वी तराईमा डुबान सुरु भएको छ ।

यो वर्ष पहिलोपटक डुबान सुरु भएको हो । मोरङ प्रहरीले विराटनगर लगायतका कतिपय स्थानका बस्तीमा खोला पसेकाले ठुलो क्षति नभएपनि मानिसहरू प्रभावित बनेको जनाएको छ ।

विराटनगरस्थित सिंघीया खोलाको बाढी विराटनगर १, २ र ८ नम्बर वडाको सुकुम्वासी बस्तीमा पसेको छ । जसका कारण त्यस क्षेत्रको अधिकांश स्थान डुबानमा परेको छ । बाढी बस्तीमा पस्दा विराटनगर १ गङ्गा टोल र विराटनगर २ को सुकुम्वासी बस्तीको एक दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।

यस्तै, विराटनगर ८ स्थित बालगोपाल टोलमा मात्र सुकुम्वासी बस्तीमा खोलाको बाढी पस्दा एक दर्जन घर डुबानमा परेको विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले जानकारी दिनुभयो । बाढी पसेको घरपरिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा सारीएको छ । विराटनगरको ६, ७, ८, ११, १२, १५, १६ र १९ नम्बर वडाका घरहरू पनि जलमग्न भएका छन् ।

बाढीबाट प्रभावित बनेकाहरूको प्रहरीले उद्धार गरेको छ । यस्तै,कटहरी र जहदा गाउँपालिकाभित्र एक दर्जन बढी घरहरूमा डुबानमा परेको मोरङ प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*