मिटरब्याज पीडित सम्बन्धी विधेयक नल्याए सदन अवरोध गर्ने लामिछानेको भनाई

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १५:३०

मकपानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखिए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शुक्रबार बोल्दै लामिछानेले आफूहरु पीडितको पक्षमा रहेको भन्दै विधेयक तत्काल अघि नबढाए बैठक चल्न नदिने बताएका हुन् ।

‘मिटरब्याज सम्बन्धी विधेयक कसका कारण रोकियो रु कसको स्वार्थले यसरी विधेयक ल्याइएनरु आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक राखिएन भने राष्ट्रिय स्वतन्त्र पार्टी सदन चल्न नदिने पक्षमा उभिने छ’‚ उनले भने ‘जनतालाई रुवाएर त्यसबारे मौन बसेर सदन चल्न सक्दैन ।’

शुक्रबार संवेदनशील विषय भएकाले अवरोध नगरिने भन्दै उनले मिटरब्याज सम्बन्धी प्रतिस्थापन विधेयक नल्याइए संसदको आगामी बैठकमा अवरोध गरिने बताए। यसअघि आफूहरूलाई विधेयकको विरोधी बनाउन खोजिएकोमा आपत्ति जनाउँदै उनले आफूहरू पीडितले न्याय पाउनु पर्ने पक्षमा रहेको बताए।

सत्तापक्षकै कारण विधेयक रोकिएको गाइँगुईं सुनिएको भन्दै लामिछानेले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा रहेको खुल्ने पनि बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*