केन्द्रीय कार्यालयमा एमालेको बैठक बस्दै

बकैया दर्पण संवाददाता
२९ असार २०८०, शुक्रबार १२:०६

मकवानपुर । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए ।

उक्त बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ । एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । एमाले केन्द्रीय कार्यालयअन्तर्गत महासचिवका साथै उपमहासचिव र सचिवहरू रहेका छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरुबीच दुई दिन छलफल भएको थियो । अध्यक्ष र उपाध्यक्षहरुबीच बुधबार र बिहीबार भएको छलफलमा पार्टीका तल्ला कमिटीहरूमा देखिएको गुटबन्दी चुनौतीका रूपमा रहेको ठहर गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*