देश विकासको आधार नै वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था छ भन्ने मन्त्री भण्डारीको गुनासो

बकैया दर्पण संवाददाता
२८ असार २०८०, बिहीबार १५:२७

मकवानपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीमा जानु नेपालीको लागि बाध्यता भएको पनि बताउनुभयो ।

मन्त्री भण्डारीले देशको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देशको विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भण्डारीले श्रमिकहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्‍याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरु अगाडि बढाएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*