सामाजिक सञ्जाललाई मर्यादित तरिकाले व्यवस्थापन गरिने सञ्चारमन्त्री शर्माको भनाई

बकैया दर्पण संवाददाता
२८ असार २०८०, बिहीबार १४:४३

मकवानपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताउनुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताउनुभयो ।

मन्त्री शर्माले विद्युतिय तथ्यांकहरुको सुरक्षा भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतिय तथ्यांक सुरक्षा निति तर्जुमा गरीने जानकारी दिनुभयो । त्यस्तै, साइबर सुरक्षासँग सम्बन्धित विषयहरु एकीकृत गरी राष्ट्रिय साइबर सुरक्षा नीति मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री शर्माले हाल २४२ वटा टेलिभिजन, ९२८ एफ एम रेडियो, ७९७९ पत्रपत्रिका र ३९९० अनलाइन पत्रपत्रिका दर्ता भइ सञ्चालनमा रहेको जानकारी दिनुभयो । गोरखापत्रबाट ३८ भाषा, रेडियो नेपालबाट २१ भाषा र नेपाल टेलिभिजनबाट ९ भाषामा समाचार सामाग्री प्रकाशन तथा प्रशारण भइरहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*