प्रधानमन्त्री दाहालले दिए आफ्नो जीवन संगिनी सीतालाई दागबत्ती

बकैया दर्पण संवाददाता
२७ असार २०८०, बुधबार १५:४६

मकवानपुर । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ ।

प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।

त्यसपछि अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको हो । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो । सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरकारका मन्त्रीहरु पुगेका थिए ।

सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिएको हो । यसअघि जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाल गुमाएका प्रधानमन्त्री दाहाललाई १० वर्षको बीचमा यो तेस्रो बज्रपात परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*