२०८४ मा एक्लै बहुमत ल्याउँछौं भन्ने दाबी ओलीको

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १५:०७

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए ।

उनले भने, ‘अहिलेको सरकारको तागत झूट बोल्ने, अफवाह फैलाउने मात्रै हो । गठबन्धनका मान्छेहरुको त्यही देखिन्छ । त्यसैले उनीहरु यो गठबन्धन कायम राख्न चाहन्छन् अहिले उनीहरु उस्तैउस्ताहरु मिलेका छन् । हामीलाई सरकारमा जान हतारो नभएको होइन हामीले त्यता हेरेको पनि छैनौं । सोचेका पनि छै्रनौं । हामी ग्रासरुटमा लाग्यो। अहिले हामी अब मिसन ०८४ र मिसन ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउनेतिर लागेका छौं। यो सरकार बनाउने, जोगाउने खिचलोमा लाग्ने फुर्सद छैन । हामीलाई यता र यताको टेको खोज्यो गर्नु छैन ।’

कुनै परिणाम ननिस्कले ठाउँमा गन्तव्य भएको पार्टी नलाग्ने प्रष्ट्याए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*