४४ जना विद्यार्थीलाई जिसस मकवानपुरद्वारा छात्रवृत्ति प्रदान

बकैया दर्पण संवाददाता
२६ असार २०८०, मंगलवार १०:३६

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा अध्ययनरत ४४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

जिसस मकवानपुरले जिल्लाभित्रका रहेको विभिन्न आठ वटा सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर तह अध्ययनरत ४४ विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच छात्रवृत्ति रुवरुप प्रतिविद्यार्थी ९ हजार रुपैयाँ प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा मकवानपुर बहुमुखी क्याम्पसबाट सम्झना महर्जन, पूर्णिमा पोखरेल, निष्मा घिमिरे, सुजिना श्रेष्ठ र उसिपा पौडेल रहेका छन् ।

यस्तै, हेटौंडा क्याम्पसबाट निमा महत, आशिष घलान, अजिता बिडारी र ज्योति पुडासैनी रहेका छन् भने वंशगोपाल बहुमुखी क्याम्पसबाट अनुजा ढकाल, उत्कर्ष पौडेल, सन्तोष पुडासैनी र सुभाष राई रहेका छन् ।

यसैगरी, थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसबाट एलिना मोक्तान, सविता अधिकारी, देवनाथ वाईबा, सरु थोकर, सुनिता भट्ट, खुशी थोकर, पुष्पा पाख्रिन र रोजिना बलामी रहेका छन् ।

त्यस्तै, निर्मल बहुमुखी क्याम्पसका पावल प्रजा, विष्णुमाया थोकर, समिना थोकर, गोमा स्याङ्तान, सुनिता बल, सुनिल थिङ, अस्मिता थिङ र सुस्मिता स्याङ्तान रहेका छन् भने मनहरी बहुमुखी क्याम्पसबाट गुणराज स्याङ्बो, शितल लामा, दिपेन्द्र प्रजा, मनिराज मोक्तान, लेबी भोलन र निराजन अर्याल रहेका छन् ।

यसैगरी, पदमपोखरी बहुमुखी क्याम्पसका मिरा वाईबाले छात्रवृत्ति पाएका छन् भने हटिया जनप्रिय बहुमुखी क्याम्पसबाट सरस्वती ढकाल, बिनिता तिमल्सिना, सुजता राई, मुना गोले, पुष्पा बास्तोला, प्रमिला स्याङ्बो र आइश्री भोलन रहेका छन् ।

जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर प्रमुख दीनानाथ गौतम, जिससका सदस्यहरु र क्याम्पसका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*