राष्ट्रियसभा बैठक मंगलवार बिहान ११ बजे हुने

बकैया दर्पण संवाददाता
२५ असार २०८०, सोमबार १२:५५

मकवानपुर । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई लिएर केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको बैठक आजका लागि पनि बोलाइएको हो।

प्रतिनिधिसभको बैठक दिउँसो ३ बजे बस्नेछ। हिजो बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आज अपरान्ह तीन बजेसम्मलाई स्थगित भएको थियो। प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा संसद् खुलाउने विषयमा समझदारी भए पनि एमाले अध्यक्ष केपी ओलीले अन्तिममा आएर प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्ति र गृहमन्त्री नायारणकाजी श्रेष्ठले गरेको ट्विटमा एमालेलाई आरोप लगाएको विषय फिर्ता लिनुपर्ने भनेपछि बैठक बस्न सकेन।

आजको बैठक भने चल्नसक्ने संकेत एमालेले दिएको छ। प्रधानमन्त्रीले आफ्ना कुरा राखेर संसदलाई विश्वासमा लिएमा बैठक चल्न सक्ने एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताए।

आफ्नो अभिव्यक्ति र एमालेलाई आरोप लगाउँदै जारी गरिएको सचिवालयको विज्ञप्तिका विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने उनको भनाइ छ।

यसैबीच आजका लागि बोलाइएको राष्ट्रियसभा बैठक भने भोलिका लागि सरेको छ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिेनाको सचिवालयले राष्ट्रियसभा बैठक भोलि बिहान ११ बजेका लागि सरेको जानकारी दिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*